कस्केली जनताका समस्या जोड्दार ढंगले उठाउँछु: सांसद बैरागी

काठमाडाैं | पुस १४, २०७९

कस्केली जनताका समस्या जोड्दार ढंगले उठाउँछु: सांसद बैरागी

 पोखरा:   कास्की–३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित नेकपा एमालेका दामोदर पौडेल बैरागीले संसदमा जनताका समस्याबारे सक्रिय भएर आवाज उठाउने प्रतिबद्धता जनाएका छन् । 

 

एमालेनिकट पत्रकारहरुको संस्था प्रेस चौतारीमा आवद्ध पत्रकारसँग बुधबार भएको भेटमा उनले जनताका समस्या समाधान गर्न आफू सधैँ तत्पर रहेको बताए । ‘म सांसद नहुँदा पनि पार्टीकै विभिन्न कमिटीमा बसेर जनतासँगै थिएँ । अब जनप्रतिनिधि भएर एउटा भूमिका थपिएको छ । संसदमा कास्कीका समस्या जोड्दार ढंगले उठाउँछु,’ उनले भने । 


उनले चुनावमा केही विकास निर्माणका काम गर्ने प्रतिबद्धता जनाएकाले ती काम सम्पन्न गर्न सक्रिय भएर लाग्ने बताए । आफ्नो पाँच वर्षे कार्यकालमा वडा कार्यालय पुग्ने बाटो पक्की बनाउने योजना सांसद बैरागीले सुनाए । आफ्नो निर्वाचन क्षेत्र ग्रामीण भूभाग बढी भएको र सडकको पहुँच नपुगेकाले त्यसतर्फ आफ्नो ध्यान जाने सांसद बैरागीको भनाइ थियो । ‘हाम्रोमा सबै गाउँले भेग छ । ती ठाउँबाट वडा कार्यालयमा पुग्न पाँच वर्षभित्र पक्की बाटो हुनपर्छ भन्ने भिजन छ । कति वडा, कति प्रदेश, कति संघले सक्छ त्यहीअनुसार गर्छौं,’ उनले भने । 


सांसद बैरागीले ठूलो भूगोल भए पनि स्वास्थ्य सेवाको पहुँच निकै कम भएकाले एक पालिका एक अस्पताल योजनालाई अघि बढाउने सुनाए । ‘म निर्वाचित भएको क्षेत्रमा राम्रो सरकारी अस्पताल बनाउन चाहन्छौँ । ४ वटा अस्पताल र एउटा राजमार्ग अस्पताल बनाउन पहल गर्ने छु,’ उनले भने । खानेपानीका योजनाको निर्माण सक्ने गरी आफूले सम्बन्धित निकायसँग सहकार्य गर्ने सांसद बैरागीले बताए । 


कास्की–३ मा घान्द्रुक, ल्वाङ, लान्द्रुक, अन्नपूर्ण पदमार्ग, मर्दी हिमाल पदमार्ग पर्छन् । तर, सबै उत्पादन बजारकै खुवाइने गरेकोमा चिन्ता व्यक्त गरे । यो समस्या समाधान गरेर गाउँमा गाउँकै उत्पादन खुवाउने गरी ‘इको रिसोर्ट’बनाउने योजनाअनुसार अघि बढ्ने सुनाए । अन्न, तरकारी, फलफूल, मासु र दुग्धजन्य उत्पादनमा आत्मनिर्भर बनाउने महत्वाकांक्षा बोकेर योजना निर्माणमा खटिने सांसद बैरागीले बताए । 


 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्